नेपालमा थप ८४५४ सङ्क्रमित, ५ जनाको मृत्यु

`

     २०७८ माघ १२ गते १०:५५

काठमाडौँ, १२ माघ । नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४३३ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ५४९ पिसिआर र ६८१० नमुना एन्टीजेन परिक्षण गरि कुल २० हजार ३५९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ६७ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?