एजेन्सि, १२ माघ । रेलवे रोजगारीमा कर्मचारी भर्नाको विषयलाई लिएर बिहारमा एक रेलमा आगो लगाइएको छ ।
आक्रोशित प्रदर्शनकारीहरूले रेल तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार पनि गरेका थिए ।्
जागिरका उम्मेद्वारहरुले रेलवेको कर्मचारी परीक्षामा छनौटको प्रक्रियालाई लिएर विरोध गरेका थिए । हिंसात्मक घटनाको बारेमा समाचार आएपछि रेलवेले गैर प्राविधिक लोकप्रियतर्फको र लेभल १ परीक्षा निलम्बन गर्ने निर्णय लिएको छ ।
मंगलबार रेलवेले सूचना जारी गरेको थियो जसमा तोडफोड र हिंसात्मक गतिविधिमा संलग्न जागिरका प्रत्याशीहरूहरूलाई रेलवेको भर्ना परीक्षामा समेत संलग्न नगराइने चेतावनी दिइएको छ ।




