advertisement

ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका छन् ।

" /> कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार नेपाली कामदारको ज्यान गयाे - Sarbocha Media

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार नेपाली कामदारको ज्यान गयाे

`

     २०७६ फाल्गुन ०१ गते ६:०९

काठमाडौं, ०१ फागुन । कुवेतमा चार जना नेपाली कामदारको ज्यान गएको छ। बालुवाको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको जनाइएको छ ।

कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको अरब टाइम्सले जनाएको हो । अरब टाइम्सका अनुसार ३ जनाको घटनास्थलमै र एक जनाको बाहिर निकालेपछि मृत्यु भएको छ ।

मृत्यु हुने चार जनाको पहिचान खुल्न बाँकी नै बताइएको छ। चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो ।

advertisement

ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?