नेपालमा थप १२००८ संक्रमित, ८ जनाको मृत्यु

`

     २०७८ माघ ११ गते ११:२२

काठमाडौँ, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०४० जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ हजार १०३ पिसिआर र ७८०६ नमुना एन्टीजेन परिक्षण गरि कुल २५ हजार ९०९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार ९३४ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?