शिक्षामन्त्री पौडेल र डा. केसीबिच भेटवार्ता, चिकित्सा क्षेत्रका समस्याहरूबारे छलफल

`

     २०७८ माघ ०७ गते ७:४०

काठमाडौँ, ७ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र डा. गोविन्द केसीबीच छलफल भएको छ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज मन्त्री पौडेल र केसीबीच चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्याहरूबारे छलफल भएको हो।

‘चिकित्सा क्षेत्रका विद्यमान समस्याहरुबारे डा. केसीसँग आज गम्भीर छलफल भएको छ। उहाँका महत्वपूर्ण सुझावहरुप्रति हार्दिक आभार प्रकट गर्दछु,’ मन्त्री पौडेलले भनेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?