ब्राउन सुगर सेवन गरिरहेका अवस्थामा वडाध्यक्षसहित ४ जना पक्राउ

`

     २०७८ माघ ०५ गते ७:४२

काठमाडौँ, ५ माघ । बाँकेको बैजनाथ गाउँपालिका-३ का अध्यक्ष रामचरण थारु ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

ब्राउनसुगरको सेवन गरेको सूचनाका आधारमा प्रहरीले वडाध्यक्ष थारु अन्य तीनजनासँग बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन् घिमिरेले जानकारी दिए ।

उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीसँगै सुरज थारू, सुन्दर थारू र “व थारु पपिन पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?