काठमाडौँ, ४ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी माघ २० गते बस्ने प्रदेशको नवौँ हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगोमा पुर्याउने बताए ।
उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको टुंगो लगाउने तयारी छ ।’
सोमबार प्रदेश २ को नाम र राजधानी टुंगोमा पुगेसँगै ७ प्रदेशमध्ये प्रदेश १ को नाम र राजधानी तोकिन बाँकी रहेको छ ।




