काठमाडौँ, ३ माघ । नेपालमा थप ६७३४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५७४७ र एन्टीजेन परिक्षणबाट ९८७ गरि कुल ६७३४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८७७ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ ।




