प्रदेश २ को राजधानी जनकपुरधाम

`

     २०७८ माघ ०३ गते १०:१०

काठमाडौँ, ३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको छ ।

सोमबार सम्पन्न मतदानमा प्रदेश सांसद परमेश्वर शाहले पेश गरेको प्रस्तावको पक्षमा ७८ मत परेपछि प्रदेशको राजधानी जनकपुरधाम भएको हो ।

आज भएको मतदान प्रक्रियामा ९९ जना सदस्यले भाग लिएका थिए । प्रदेश सभामा कायम रहेका १०४ सदस्यमा दुई तिहाई मतका लागि ७० मतको आवश्यक रहेको थियो ।

पहिलो प्रस्ताव दुई तिहाईले पास भएपछि वीरगंजलाई राजधानी बनाउने प्रस्ताव स्वतस्निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?