बाइडेन र किशिदाबीच भर्चुअल माध्यमबाट छलफल

`

     २०७८ माघ ०३ गते ८:५५

एजेन्सि, ३ माघ । जापानका प्रधानमन्त्री फुमिओ किशिदा र अमेरिकी राष्ट्रपति जो बाइडेन बीचमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुई पक्षीय हित, साझा सरोकार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा उनीहरुले छलफल गरेको जनाएको छ । त्यसैगरी जलवायु परिवर्तन र नयाँ नयाँ प्रविधिका बारेमा समेत उहाँहरुका बीचमा छलफल भएको ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

“बैठकमा विषेश गरेर अमेरिका र जापानको सम्वन्ध, सहकार्य, शान्ति र सुरक्षा, इन्डो प्यासेफिक क्षेत्रको स्थिरतालगायका बारेमा छलफल भएको छ,” वक्तव्यमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?