प्रदेश २ को प्रदेश सभा बैठक शुरु

`

     २०७८ माघ ०३ गते ८:०५

काडमाडौँ, ३ माघ । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

अध्ययन विशेष समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला-भोजपुरा र मध्य मधेश तथा राजधानी जनकपुरसहित उत्तर पूर्वमा ढल्केवर-कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रतिवेदन पेश गरेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सहमति भए सहमतिमा र सहमति नभए मतदानबाट राजधानी तथा नामाकरण सम्बन्धी विषयमा निर्णय लिने तयारी छ ।

पहिलो मतदान हुने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए प्रदेशको नाम र राजधानी टुंगिनेछ । तर, मतदानबाट समेत प्रदेश नम्बर २ को नाम र राजधानी टुंगिने संकेत देखिएको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?