advertisement

कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा ट्रक झन्डै ५ सय मिटर तल खसेको छ। गाडीमा ७ जनामात्रै सवार रहेको प्रहरीले बताएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत घाइते सेनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक प्रदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको हो।

" /> हतियार बोकेको सेनाको ट्रक खस्यो : एकको मृत्यु, ६ घाइते - Sarbocha Media

हतियार बोकेको सेनाको ट्रक खस्यो : एकको मृत्यु, ६ घाइते

`

     २०७६ माघ २९ गते २:५८

काठमाडौं, २९ माघ । सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक ९वानटन० दुर्घटना भएको छ।

दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए। दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना गम्भीर घाइते भएका छन्।

advertisement

कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा ट्रक झन्डै ५ सय मिटर तल खसेको छ। गाडीमा ७ जनामात्रै सवार रहेको प्रहरीले बताएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत घाइते सेनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक प्रदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?