पशुपतिको धर्मशालालाई सेभेन स्टार होटल बनाइएको रहेछ: मन्त्री आले

`

     २०७८ माघ ०२ गते ७:३२

काठमाडौँ, २ माघ । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको धर्मशालालाई सेभेन स्टार होटल बनाएको दाबि गरेका छन् ।

आइतबार बिहान ११ बजे पशुपति क्षेत्र पुगेर मन्त्री आलेले धर्मशालाका प्रत्येक कोठा कोठा निरीक्षण गरेका हुन् ।

आलेले निरीक्षणपछि धर्मशालालाई सेभेन स्टार होटल बनाएको आफुले पाएको प्रतिक्रिया दिए । उनले छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यो भोलि नै प्रष्ट हुने बताए ।

आलेले छानबिन समितिको प्रतिवेदनपछि नै त्यसको निष्कर्षको आधारमा कारवाही अगाडी बढाउने बताए ।

भारतको सहयोगमा बनेको धर्मशालामा एक कोठाको एक बेडमा ११ हजार सम्म उठाउने किसिमले बनेको आफुले पाएको मन्त्री आलेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?