काठमाडौँ, ३० पौष । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई लिएर अमेरिकाले लगाएको नयाँ प्रतिबन्धप्रति कडा ‘प्रतिक्रिया’ हुने चेतावनी दिएको छ ।
‘हाइपरसोनिक’ मिसाइलको पछिल्लो परीक्षणपछि अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।
कोरियाको केन्द्रीय समाचार एजेन्सीका अनुसार, विदेश मन्त्रालयका प्रवक्ताले जनवरी १४ मा अमेरिकी प्रतिबन्धहरू उत्तेजक भएको बताएका थिए ।
‘यदि संयुक्त राज्य अमेरिकाले टकरावको दृष्टिकोण अपनायो भने, उत्तर कोरिया कडा प्रतिक्रिया दिन बाध्य हुनेछ’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जनवरी १३ मा उत्तर कोरियाले ध्यान खिच्नु थप मिसाइल प्रक्षेपण गर्न सक्ने बताएका थिए ।




