खोप नलगाएकालाई ओमिक्रोन खतरनाक साबित हुने विश्व स्वास्थ्य सङ्गठनको दाबी

`

     २०७८ पौष ३० गते ६:२९

एजेन्सि, ३० पौष । ओमिक्रोन भेरियन्ट खोप नलगाएका व्यक्तिहरूका लागि उच्च जोखिम भएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस बुधबार उल्लेख गरेका छन् ।

‘यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,’ टेड्रोसले कोभिड(१९ बारे पत्रकार सम्मेलनमा उक्त कुरा बताएका छन् ।

टेड्रोसले भने‚ ‘अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी मानिसहरूले खोपको एक मात्रा प्राप्त गर्न बाँकी छ । हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं ।’

‘हामी प्रगति गर्दैछौं, डिसेम्बरमा । कोभ्याक्सअन्तर्गत नोभेम्बरमा पठाइएको डोजको संख्या दोब्बरभन्दा बढी पठाउँछौं र आगामी दिनमा एक अर्ब खोप डोज पठाउने प्रयास गर्छौं,’ उनले भने ।

‘९० देश अझै ४० प्रतिशत लक्ष्यमा पुग्न सकेका छैनन् । तीमध्ये ३६ देशले आफ्नो जनसंख्याको १० प्रतिशतभन्दा कम खोप लगाएका छन्,’ उनले थपे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?