काठमाडौँ, ३० पुस । भारत पश्चिम बंगालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना भएको छ । सो दुर्घटनामा
९ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
गुवाहटी–बिकानेर एक्सप्रेसको रेल बिहीबार साँझ दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार जारी छ ।
रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।




