जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

`

     २०७८ पौष ३० गते ४:५३

एजेन्सि, ३० पौष । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको आइतबार निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ ।

काइफु १९८९ देखि दुई बर्षका लागि जापानको प्रधानमन्त्री भएका थिए । त्यसअघि उनी जापानको डेपुटी क्याबिनेट सेक्रेटरी र शिक्षामन्त्री बनेका थिए । उनले १९९१ को नोभेम्बरमा प्रधानमन्त्रीबात राजीनामा दिएका थिए ।

खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको विषयमा उनको विश्व राजनीतिमा चर्चा हुने गर्दछ ।

उनको मृत्युको कारण भने नखुलाइएको मिडिया रिपोर्टमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?