काठमाडौँ, २८ पौष । लागूऔषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट बुधबार २० किलो ५ सय ग्राम चरेस र १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरिएको हो ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडी रोकेर प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरीक्षक प्रहरी जयश्वर रिमालले बताए ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडी रोकेर प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको थियो ।