मेडिकल कलेजको बदमासीलाई कारबाही गर्ने गृहमन्त्री खाँणको जिकिर

`

     २०७८ पौष २७ गते १२:१८

काठमाडौँ, २७ पौष । गृहमन्त्री बालकृष्ण खाँणले मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर रहेको भन्दै त्यस्ता कलेजहरूलाई कारबाही गर्ने बताएका छन् ।

गृह मन्त्रालयमा मंगलबार चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले बढी शुल्क लिएको विषयमा ध्यानाकर्षण गराउन पुगेका विद्यार्थी संगठनका नेताहरूसँग गृहमन्त्री खाँणले यस्तो विचार ब्यक्त गरेको हो ।

‘यो शिक्षा मन्त्रालयको कार्यक्षेत्रभित्रको विषय हो, त्यसैले त्यसमार्फत आएमा हामीलाई कारवाही प्रक्रिया अघि बढाउन सहज हुन्छ,’ मन्त्री खाँणले भनेको उदृत गर्दै एक विद्यार्थी नेताले भने, ‘तर यो विषयमा सरकार गम्भी छ, दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।’

विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, मणिपाल मेडिकल कलेज लगायतले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएर ज्यादति गरेको भन्दै ती कलेजहरू अनुगमन र छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?