काठमाडौँ, २७ पौष । गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा अर्घाखाँचीमा नाराबाजी भएको छ ।
पृथ्वी जयन्तीको अवसरमा राप्रपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदर्शनमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नाराबाजी भएको हो ।
सन्धिखर्कको मुख्य चोकहरूमा प्रदर्शन गर्दै राप्रपा कार्यकर्ताहरूले गण्तन्त्र, संघीयता र धर्मनिरपेक्षता देशको लागि आवश्यक नभएकोले देशमा राजतन्त्रको विकल्प नभएको जोड दिएका छन् ।
बजार परिक्रमापछि शान्ति बगैँचामा भएको कोणसभामा राप्रपा अर्घाखाँचीका अध्यक्ष दिपक कुँवरले गणतन्त्रवादीहरूले राजाको इतिहास मेट्न खोज्नु दुर्भाग्य भएको बताए ।




