प्रेमनाथ ठाकुर नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त

`

     २०७८ पौष २७ गते ६:३९

काठमाडौँ, २७ पौष । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् ।

ठाकुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निमित्त महानिर्देशकमा नियुक्त गरेको हो ।

प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि १२ औं तहका ठाकुरलाई निमित्त बनाइएको हो ।

यद्यपि निवर्तमान महानिर्देशक क्षेत्री कार्यकाल बढाउनुपर्ने माग गर्दै अदालत गहार्न पुगेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?