काठमाडौँ, २७ पौष । मंगलबार नेपाली बजारमा सुनचाँदी मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ र चाँदी ५ रुपैयाँ वृद्धि भएर हजार २३० रुपैयाँ पुगेको छ ।
गत सोमबार सुन प्रतितोला ९१ हजार ३०० र चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै वृद्धि हुँदै आज ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।



