अफगानिस्तान र पाकिस्तान सीमामा विस्फोट हुँदा ९ को मृत्यु ४ घाइते

`

     २०७८ पौष २७ गते ५:२१

एजेन्सि, २७ पौष । अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमामा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ ।

तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयानमा दिइएको जानकारी अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री लिएर गएको गाडीमा यो विष्फोट भएको हो । सो बिष्फोटमा परि ४ जनाको अवस्था गम्भीर रहेको छ ।

मिडिया रिपोर्टका अनुसार नागरार प्रान्तको लालोपुर इलाकामा यो विष्फोट भएको हो । यहाँ पाकिस्तानको चेक पोइन्ट र काँडेदार तारहरु रहेका छन् । यो क्षेत्रमा आतंकवादी संगठन इस्लामिक स्टेट सक्रिय रहँदै आएका छन् ।

उनीहरुको तालिबानसँग हिंस्रक भिडन्त हुँदै आएको छ । आइएस आतंकवादी तालिवानको चेक पोष्ट्समा पनि हमला पनि गर्छन् । यो संगठन सन् २०१४ देखि नै यो क्षेत्रमा आतंकवादी गतिविधि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?