प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउन दबाब, पुस २८ गते लोसपाले ज्ञापनपत्र बुझाउने

`

     २०७८ पौष २७ गते ४:१०

काठमाडौँ, २७ पौष । प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ ।

वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो ।

वीरगञ्ज राजधानीको पक्षमा आवाज उठाउँदै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहको समूहले पुस २८ गते बुधबार प्रदेश नं २ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाउँदैछन् भने ३० गते शुक्रबार प्रदेशका मुख्यमन्त्रीको वीरगञ्ज निवास अगाडि शान्तिपूर्ण धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

वीरगञ्जलाई नै स्थायी राजधानी बनाउन खोजेको भन्दै वीरगञ्जवासीले दबाब सिर्जना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?