भोलिदेखि १२-१७ वर्षको बालबालिकालाई खोप दिइँदै

`

     २०७८ पौष २६ गते १०:५३

काठमाडौँ, २६ पौष । सरकारले भोलिबाट १२ देखि १७ वर्ष सम्मका उमेर समुहका बालबालिकालाई फाइजर र मोडर्ना खोप दिने भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने भएको हो ।

सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने निर्णय गरेको थियो तर सिरिञ्ज अभाव भएपछि भने अभियान रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?