काठमाडौँ, २६ पौष । तेह्रथुममा सोमबार दिउँसो करेन्ट लाग्दा एक प्रधानाध्यापक मृत्यु भएको छ ।
फेदाप गाउँपालिका-१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप-१ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरीचौकीले जनाएको छ ।




