सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति?

`

     २०७८ पौष २६ गते ५:३९

काठमाडौँ, २६ पौष । सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ ।

यसअघि आइतबार छापावाल सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ ले घटेर तोलामा १२२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?