नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई वकीटकीसँग संलग्न मुद्दामा चार वर्ष जेल सजाय

`

     २०७८ पौष २६ गते ५:३२

एजेन्सि, २६ पौष । नोबल शान्ति पुरस्कार विजेता आङ साङ सुकीलाई वकीटकीसँग स‌लग्न मुद्दामा चार वर्ष जेल सजाय सुनाइएको छ ।

गत फेब्रअुरीमा सत्ताच्यूत गरिएकी सुकीलाई लाइसेन्सबिनाको वकीटकी बोकेको आरोपमा म्यानमारको अदालतले दोषी पाएको रोयटर्स र एएफपी समाचार एजेन्सीले जनाएका छन् ।

उनीलाई एक दर्जनभन्दा मुद्दामा १०० वर्षभन्दा बढी जेल सजाय माग गरिएको छ । सेनाले सत्ता हातमा लिए यता ७६ वर्षीय सुकी हिरासतमा नै रहेकी छन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानूनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?