एजेन्सी, २५ पौष । पाकिस्तानमा हिउँमा पुरिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
राजधानी इस्लामवाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरूको मृत्यु भएको हो ।
हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरूको उद्धारमा सेना खटिएको छ ।
पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बिर र भिडियो भाइरल भएका थिए । हिउँका कारण सयौँ पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।




