सरकारद्वारा अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन

`

     २०७८ पौष २३ गते ८:४३

काठमाडौँ, २३ पौष । थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह पनि गरे ।

यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?