काठमाडौँ, २३ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छ ।
प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ओलीलाई भेट्न देउवा बालकोट जाने भएका छन् । उनले भनिन्, ‘हाम्रो आजको बैठकले संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीजीसँग सांसद गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ ।’
बिहीबार उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजक पौडेलले बैठक राखेर संसदको गतिरोध अन्त्यका विषयमा छलफल थालेका थिए । सोही बैठकको निरन्तरता स्वरुप आज बसेको समितिको बैठकले ओलीसँग संवाद गर्न प्रधानमन्त्रीलाई जिम्मा दिएको छ ।




