हिमालयन जनरल इन्स्योरेन्सले बोनस सेयर र नगद लाभांश गरी ७ प्रतिशत लाभांश दिने

`

     २०७८ पौष २२ गते ८:३९

काठमाडौँ, २२ पौष । हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूलाई ६.६५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई उक्त बोनस सेयर दिने भएको हो ।

यस्तै, ६.६५ प्रतिशत बोनस सेयरको कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश समेत दिने कम्पनीले बताएको छ । इन्स्योरेन्सले बोनस सेयर र नगद लाभांश गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सञ्चालक समिति बैठकले गरेको लगानीकर्तालाई लाभांश वितरण गर्ने उक्त प्रस्ताव कम्पनीको आगामी सभा र बीमा समितिबाट पारित हुनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?