मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

`

     २०७८ पौष २२ गते ८:०४

काठमाडौँ, २२ पौष । काठमाडौँमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड जम्मा भएको छ ।

काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका तर नागरिकता भने अन्य जिल्लाबाट लिएका मतदाताहरूले समेत काठमाडौंबाट नाम दर्ता गरिरहेका छन् ।

बिहान १० बजेदेखि नाम दर्ताको लागि प्रक्रिया सुरु भएपनि मानिसहरु बिहान ९ बजेदेखि नै लाइनमा देखिन्थे । दर्ता प्रक्रिया भने बेलुका अबेरसम्म हुने गरेको निर्वाचन कार्यालयका अधिकृतले सर्वोच्चलाइ जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?