काठमाडौँ, २२ पौष । बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५०० रुपैयाँको गिरावट सँगै सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ ।




