एजेन्सि, २१ पौष । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि चन्दननाथ गण शान्ति सेना आठौँ डफ्फाको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
सेनानी गोपालसिंह बोहराको नेतृत्वमा २०५ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौँ डफ्फालाई बदली गर्न टोली त्यहाँ गएको हो । नेपाली सेना संयुक्त राष्ट्र सङ्घका विभिन्नमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।




