मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ: केपी ओली

`

     २०७८ पौष २१ गते ८:३८

काठमाडौँ, २१ पौष । एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भए पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा भएको बताएको छन् ।

संस्कृति बचाउ अभियानले बुधबार भक्तपुरको बालकोटस्थित उनको निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो ।

कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए । ‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनुपर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने ।

उनले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?