फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित, सरकारको घरबाटै काम गर्न निर्देशन

`

     २०७८ पौष २१ गते ६:५२

एजेन्सि, २१ पौष । फ्रान्सका स्वास्थ्य अधिकारीहरुले यहाँ ठूलो संख्यामा दैनिक कोभिड सङ्क्रमित भेटिएका बताएका छन् ।

मंगलबार त्यसको पछिल्लो २४ घन्टामा फ्रान्समा २ लाख ७१ हजार ६८६ जनामा सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि फ्रान्स तथा युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो ।

फ्रान्सको सरकारले यहाँका कर्मचारीहरुलाई घरबाटै गर्न मिल्ने कामहरु घरबाट गर्न निर्देशन दिएको छ । फ्रान्समा कोभिडको बुस्टर डोज लगाउने काम पनि जारी रहेको छ तर सङ्क्रमितहरु भने बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?