काठमाडौँ, २० पौष । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९२ हजार २०० तोकिएको छ ।
तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१हजार ७०० कायम भएको छ । सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।




