बाइडनको चेतावनी: रुसले युक्रेनमा हस्तक्षेप गरे मूल्य चुकाउनु पर्ने

`

     २०७८ पौष १९ गते ६:४१

काठमाडौँ, १९ पौष । अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसले थप हस्तक्षेप गरे अमेरिका र उसका साझेदार राष्ट्रले डटेर जवाफ दिने बताएका छन् ।

आइतबार बाइडेनले जेलेन्स्कीसँगको टेलिफोन वार्ताका क्रममा ‘रुसले युक्रेनमा थप हस्तक्षेप गरे’ अमेरिका र उसका सहयोगी राष्ट्रले डटेर जवाफ दिने बताएको ह्वाइटहाउसले जनाएको छ ।

युक्रेन, अमेरिका र अन्य साझेदारको संयुक्त प्रयासबाट युरोपमा शान्ति कायम गर्ने, थप तनाव रोक्नेलगायतका विषयमा छलफल भएको पनि उनको भनाइ थियो ।

शुक्रकार मात्रै टेलिफोन वार्तामा बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनको सिमाना नजिकै देखिएको सैन्य तनाव कम गर्न भनेका थिए ।

पछिल्लो समय युक्रेनलाई लिएर रुस र अमेरिकासहितका पश्चिमा राष्ट्रबीचको तनाव थप चर्किएको छ । युक्रेनी सीमाना नजिकै रुसले १ लाख बढी फौज तैनाथ गरेको समाचार बाहिर आएपछि तनाव चर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?