काठमाडौँ, १९ पौष । आज सुन प्रतितोलामा ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले सस्तिँदै ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।
गत आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा पाँच रुपैयाँले मात्र घट्दै आज १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




