एजेन्सि, १९ पौष । सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकले राजीनामाको घोषणा गरेका छन् ।
सुडानको सेनाले अघिल्लो वर्ष अक्टोबरमा सत्तामाथि कब्जा जमाएको थियो र हमदोकलाई नजरबन्द गरिएको थियो तर यो सैन्य कूपछि प्रधानमन्त्री हमदोक र सेनाबीच सत्ताको साझेदारीको विषयमा सम्झौता भयो, त्यसपछि उनलाई बहाल गरिएको थियो ।
यो समझौता र सेनाको दखलको विषयमा सर्वसाधारणले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारी, सेना र राजनेताबीच भएको यो सम्झौतालाई खारेज गर्दै देशमा पूर्ण रुपमा नागरिक शासन लागू गर्न माग उठिरहेको छ ।
अब्दुल्ला हमदोकले राजीनामा दिएको दोस्रो दिन पनि प्रदर्शन भयो जसमा कम्तिमा दुईजना मारिए ।
अब्दुल्ला भने, ‘मैले देशलाई बर्बादितर्फ धकेल्न रोक्ने पुरा कोसिस गरेँ । सहमतिसम्म पुग्नका लागि जे गर्नुपर्दथ्यो, मैले गरेँ तर त्यति हुँदा हुँदै पनि यस्तो हुन सकेन ।’
यस्तै उनी भन्छन्, ‘मैले जिम्मेवारी सुम्पिने र प्रधानमन्त्रीको रुपमा आफ्नो राजीनामाको घोषणा गर्ने निर्णय गरेको छु र कोही अन्य महिला र पुरुषलाई देश चलाउने मौका दिइरहेको छु । सत्ताको यो हस्तान्तरणमा मलाई सहयोग गर्नुहोस् ।’




