एमसीसीले राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र स्वतत्र अन्तराष्ट्रिय सम्बन्धमा आँच ल्याउने माओवादी केन्द्रको ठहर

`

     २०७८ पौष १८ गते १२:५६

काठमाडौँ, १८ पौष । नेकपा माओवादी केन्द्रको प्रज्ञा भवन कमलादीमा जारी आठौ महाधिवेशनको बन्दसत्रले यथास्थितिमा एमसीसी पारित गर्न नसिकने प्रस्ताव पारित गरेको छ ।

‘एमसीसी परियोजनाका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र स्वतत्र अन्तराष्ट्रिय सम्बन्धमा प्रत्यक्ष प्रतिकूल रहेकाले यथास्थितिमा पारित गर्नु हुँदैन,’ हलद्धारा पारित प्रस्तावमा उल्लेख छ, ‘साथै संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल,राजनाीतिक शक्ति सरकारबीच राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न माग गर्दछ ।’

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्ताबेज प्रस्तुत गर्दै एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने बताएका थिए । प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले एमसीसीलाई प्रतिवेदनमा उल्लेख भए अनुसार नै बुझ्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?