पहिलो पटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने हामीलाई बाध्यता छ: प्रचण्ड

`

     २०७८ पौष १८ गते १२:१९

काठमाडौँ, १८ पौष । नेकपा (मा‌ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती रहेको बताएका छन् ।

आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रमा सम्बोधन गर्दै समानुपातिक समावेशीको विषयमा पार्टीभित्र असन्तुष्टि आएको उल्लेख गर्दै दाहालले पहिलोपटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने बाध्यतामा रहेको बताए । ‘हामी स्थायी कमिटी बैठकबाट आएका छौं । असन्तुष्टिका कुरा पनि आएका छन् । हामीले गर्न लागेको समावेशी समानुपातिकको व्यवस्था नयाँ हो । पहिलोपटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने हामीलाई बाध्यता छ । यो संविधानको व्यवस्था अनुसार गरेका हौं । यसमा गर्व गर्नुपर्छ ।’

दाहालले दलित नेताहरूले उठाएका माग पूरा हुने पनि बताएका छन् । उनले भने,‘दलित वा अन्य समुदायको प्रतिनिधित्व घट्दैन, बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?