सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरोले भाइरलको रुपमा फैलिएको छ ।
जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरोले भाइरलको बिरामी संख्या अत्यधिक बढिरहेको छ । बिहान १२ जना रहेका बिरामी साझँसम्म १०० भन्दमाथि पुगेको गाउँपालिकाकाले जनाए ।बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको बताइएको छ।

जनशक्ति र साधनस्रोतले भ्याए सम्मको बिरामीहरूको सेवामा खटिरहेको जनाइएको छ ।




