एजेन्सी, १८ पौष । किम जोङले नागरिकलाई खानेकुराको अभाव भएकाले कम खानु आदेश दिएको छ ।
यहीकारण किमले नयाँ आदेश जारी गरेका छन् । जसमा भनिएको छ, कम खानु । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार कोरिया वर्कर्स पार्टीको बैठकमा किमले यो विषयमा जानकारी दिएका हुन् । तर देश विकाको मामिलामा उनी अझै आशावादी रहेका छन् । उनले भने, ‘अब देशमा कारखाना बनाउने काम हुनेछ र जनताको जीवनस्तरमा सुधार ल्याइने छ । यो समय देश जिन्दगी र मृत्युको अवस्थासँग जुझिरहेको छ ।’
परमाणु हतियारको विकासका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएका कारण उत्तर कोरियामा खानेकुराको अभाव देखिएको छ ।
मिडियाले दुब्लो भएको नयाँ तस्बिर सार्वजनिक गरेको छ । सरकारी अधिकारीका अनुसार देशमा भोजनको कमी मध्यनजर गर्दै किमले आफ्नो खानेकुरा पनि कमी गरिदिएका छन् ।




