इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत पार्टी जन्मिदा सबै उत्साहित छन्: नेपाल

`

     २०७८ पौष १७ गते ७:२३

काठमाडौँ, १७ पौष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आफ्नो पार्टी तारा जस्तै चम्किने दावी गरेको छ ।

शनिबार तनुहँको दमौलीमा तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफू र आफ्नो पार्टीलेइमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो।

“इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो, “हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।”

अध्यक्ष नेपालले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख  गरे ।

देउवाले भने,“गरिबी, अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?