राष्ट्रिय एकता कायम गर्दै सबै अधिकार सुरक्षित गर्ने हो: प्रधानमन्त्री देउवा

`

     २०७८ पौष १६ गते १२:००

काठमाडौँ, १६ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले वीपी सङ्ग्राहलयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देश संघीयतामा गइसकेकाले प्रदेशहरुबीच राष्ट्रिय एकता र मेलमिलापको आवश्‍यकता रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवा भन्छन्, ‘ देश संघीयतामा गइसकेको छ । सात वटा प्रदेशहरु छन्। तर ती प्रदेशहरुबीच पनि राष्ट्रिय एकताको जरुरी छ। ‘

अहिले वर्तमान अवस्थामा राष्ट्रिय एकता कायम गर्दै सबैको अधिकार सुरक्षित गर्नु पर्ने बताए । उनले भने, ‘संघीयतामा गएको नेपाललाई जोड्‍ने हो। अझ बलियो बनाउने हो। राष्ट्रिय एकता कायम गर्दै सबै अधिकार सुरक्षित गर्ने हो।’

प्रधानमन्त्री देउवाले सुन्दरीजलमा रहेको वीपीको प्रतिमामा माल्‍यार्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?