दक्षिण कोरियाको जन्मदर सन् १९८१ पछिकै सबैभन्दा कम बिन्दुमा

`

     २०७८ पौष १४ गते ३:१८

एजेन्सि, १४ पौष । दक्षिण कोरियामा जन्म दरमा निरन्तर कमी आएको देखिएको छ ।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो १ वर्ष पहिलेको भन्दा ५.२ प्रतिशतले कमी हो । सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो ।

दक्षिण कोरियामा सन् २०१५ को डिसेम्बरदेखि ७१ महिनादेखि नवजात शिशुको सङ्ख्यामा कमी आएको छ । यहाँ विवाहमा ढिलासुस्ती हुने सामाजिक अभ्यासका कारण बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ ।

सन् २०२१ को १० महिनाको अवधिमा विवाह गर्नेको सङ्ख्यामा १०.१ प्रतिशतले कम भएर एक लाख ५५ हजार ६६० पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?