काठमाडौँ, १४ पौष । नेपालमा थप २२० जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५३ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ६४ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।




