काठमाडौँ, १३ पौष । नेकपा माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्र चलिरहेको बेला स्थायी कमिटीको बैठक शुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २५ समुह बनाएर आजदेखि छलफल शरू गरेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठक प्रज्ञा भवन कमलादीमा शुरु भएको हो ।
बैठक महाधिवेशनमै केन्द्रित रहेको बताइएको छ ।
पुस १५ सम्म चल्ने महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्ने छ ।




